आजका पत्रपत्रिकाः ७ महिनामा १ सय ७७ ले गरे आत्महत्या
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । वधशाला अभावमा ऐन निष्क्रिय, प्रधानमन्न्त्रीको ढंग नपुग्दा देशले दुःख पाएको काँग्रेस प्रवक्ताको भनाइ, प्रदेशसभा बैठक अझै अनिश्चित, खैराङमा पहिलोपटक माटर पुग्यो, थाहा नगरमा आँखा केन्द्र स्थापनालगायतका समाचार प्रमुखताका साथ छापेका छन् ।
३ नम्बर प्रदेशमा ७ महिनाको अवधिमा १ सय ७७ जनाले आत्महत्या गरेको समाचार आजको समृद्ध समाज दैनिकले प्रकाशित गरेको छ ।
५५ लाख जनसंख्या रहेको प्रदेशमा काठमाडौं, भक्तपर र ललितपुरबाहेकका १० जिल्लामा आलु आवको अवधिमा १ सय ७७ जनाले आत्महत्या गरेका छन् । १० जिल्लामा यो अवधिमा ४ सय ७४ वटा आपराधिक घटना भएको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ