आजबाट मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान

गुगलपाटी संवाददाता
१३ फाल्गुन २०७५ ००:२२

 मानव सेवा आश्रम हेटौंडाको आयोजनामा आज सोमबारबाट मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान हुँदैछ ।

मानव सेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को केन्द्रीय अक्षयकोष स्थापना र हेटौंडा–९ मा निर्माण भैरहेको आश्रमको भवनको लागि अनुष्ठानको आयोजना गर्न लागिएको हो । यही २० गतेसम्म सञ्चालन हुने अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको मानवसेवा आश्रमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले समाजको सकारात्मक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुबाट उत्प्रेरणात्मक प्रश्तुतीहरु समेत हुनेछ । ज्ञान विज्ञान अनुष्ठानका लागि मकवानपुरे शिक्षासेवी पुरणबहादुर जोशीको संयोजकत्वमा आयोजक मूल समारोह समिति निर्माण भएको छ ।

हेटौंडा–९ मा निर्माण भैरहेको आश्रमको भवनको लागि हालसम्म ३ करोड रुपैयाँ खर्च भैसकेको छ । ५२ कोठो भवनको लागि अझै करिब २ करोड अभाव रहेको आश्रमका प्रमुख रामजी अधिकारीले जानकारी दिए । अनुष्ठानको लागि हेटौंडाका व्यवसायी सिद्धिलाल श्रेष्ठले एकलाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।