सरकारको निर्णय : नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्र प्रहरी प्रमुखमा शैलेन्द्र खनाल

गुगलपाटी संवाददाता काठमाडौं
२७ चैत्र २०७४ १५:०५

नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
दुवै प्रहरी प्रमुखमा दुई खनालका नाममा सहमति भएपछि मंगलबार साँझका लागि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेका रमेश खनाल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल आईजीपी बनेका हुन् । यसअघि तीन डीआईजी खनाल, खरेल र कार्कीको नाम चर्चामा थियो।

वरियतामा पहिलो नम्बरका खनाल नेपाल प्रहरीको नयाँ आईजीपी बनेका हुन् । खनाल गुण्डागर्दी्विरुद्धको अपरेशन पर्नेमा चर्चित छन्। अनुसन्धानमा अब्बल अधिकृतका रुपमा खनाल चिनिन्छन्। खनाल अहिले ट्राफिक महाशाखाको नेतृत्वमा थिए । कुमार घैँटेसहित आपराधिक क्रियाकलापमा संलग्नलाई खनाल अपराध महाशाखामा रहेकै बेला इन्काउन्टर भएको थियो ।

काठमाडौं प्रहरी प्रमुख, धनुषा प्रहरी प्रमुख हुँदै अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल वरियताक्रममा समेत एक नम्बरमा थिए ।

उता सशस्त्र प्रहरीमा भने शैलेन्द्र र पुष्कर केसी प्रतिस्पर्धामा थिए। केसीलाई पछि पार्दै खनालले सशस्त्रको आईजीपीमा बाजी मारेका हुन्।नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ बुधबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् ।