राष्ट्रिय औद्योगिक व्यापार मेला दुईदिन पर धकेलियो

गुगलपाटी संवाददाता
१६ फाल्गुन २०७५ ०३:४४

हेटौंडा– हेटौंडामा आज बिहीबारबाट हुने भनिएको राष्ट्रिय औद्योगिक व्यापार मेला दुई दिन पर धकेलिएको धकेलिएको छ । 

गएराती परेको भारी वर्षाका कारण तयारी अवस्थामा रहेका स्टलहरु भत्किएका कारण मेला दुई दुईपछि सारिएको मकवानपुर उद्योग वाणिज्य संघका प्रवक्ता काव्यमणि अधिकारीले  गुगलपाटीलाई जानकारी दिए ।

उद्योग वाणिज्य संघको बोर्ड बैठकले फागुन १८ गते दिउँसो १ बजे मेलाको उद्घाटन गर्ने निर्णय गरेको हो । आज फागुन १६ देखि २६ गतेसम्म मेला गर्ने निर्णयलाई परिवर्तन गरी फागुन १८ देखि २८ गतेसम्म गर्ने संघले निर्णय गरेको हो ।

भत्किएका स्टल मर्मत गर्न समय लाग्ने भएपछि मेला दुई दिन सारिएको तर, नभत्किएका स्टलहरुमा आज बिहीबारदेखि नै सामान राख्न सकिने संघका सचिव तथा प्रवक्ता अधिकारीले बताए । ‘मेला दुई दिन सरे पनि नभत्किएका स्टलहरुमा व्यवसायीहरुले सामान ल्याएर व्यापार गर्न सक्नेछन् । उहाँहरुको सामानको
सुरक्षा गर्ने जिम्मा आजैदेखि हामीले लिन्छौं ।’ अधिकारीले  गुगलपाटीसँग भने ।