आजका पत्रपत्रिकाः रेक्ट्रोफिटिङ कुर्दै हजारौं घर

गुगलपाटी संवाददाता
१७ फाल्गुन २०७५ ०२:२२

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज हेटौंडामा बिहीबारबाट सुरु हुने भनेको मेला वर्षाका कारण स्थगित भई दुई दिन पर धकेलिएको, उत्तरी मकवानपुरको विभिन्न स्थानमा भारी हिमपात भएको, अधिकारी र बज्राचार्यको शोकसभा, आर्मीले दूध नकिन्दा उद्योगलाई चुनौतीलगायतका समाचार आजका दैनिक पत्रिकाले छापेका छन् ।

ग्त २०७२ सालमा आएको महाभूकम्पबाट आंशिक क्षति भएका एघार हजारभन्दा बढी घरहरुको रेक्ट्रोफिटिङ कार्य अझै सुरु हुन सकेको छैन । यो समाचार आजको हेटौंडा सन्देश दैनिकले छापेको छ ।

भूकम्प गएको करिब ४ वर्ष बित्न लागिसक्दासमेत रेक्ट्रोफिटिङको काम अघि बढाउन नसकेपछि भूकम्पपीडित जोखिमपूर्ण आवासमै बस्न बाध्य रहेका छन् । हालसम्म एउटै पनि आवास पूर्ण रुपमा रेक्ट्रोफिटिङ भएको छैन ।

४ हजार ४ सय ३५ लाभग्राहीले पहिलो किस्ताको लागि प्रवलीकरणको लागि सम्झौता गरेका छन् ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ