फोटोमा हेरौं हेटौंडाको औद्योगिक ब्यापार मेला

गुगलपाटी संवाददाता
१८ फाल्गुन २०७५ ११:१७

मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा हेटौंडामा शनिबारदेखि राष्ट्रिय औद्योगिक ब्यापार मेला सुरु भएको छ । हेटौंडा ५ स्थित क्याम्पडाँडा चौरमा ११ दिनसम्म सञ्चालन हुने मेलाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

उनले मेला उद्घाटन गर्दै आफ्नो कारणले प्रदेश ३ को राजधानी हेटौंडामा टिकिरहेको दाबी गरे । ‘म मुख्यमन्त्री नभएको भए प्रदेशसभा बसेको दुई तीन दिन भित्रमै हेटौंडाबाट राजधानी अन्यत्र जानसक्थ्यो तर अब त्यो सम्भावना छैन’,उनले भने,‘हामी एक महिनाभित्र हेटौंडालाई नै स्थायी राजधानी बनाउनेगरी तयारीमा लागेका छौं ।’ साथै उनले नीजि क्षेत्रसँगको सहकार्यबाट मात्र देश आर्थिक समृद्धितर्फ अघि बढ्ने बताए ।


मेलामा बोटिङ, हेलिकप्टरबाट सिटी टुर, बाल उद्यान, रोटेपिङ लगायत आकर्षणको रुपमा रहेका छन् । मेलामा पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने र एक करोड ३३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । मेलामा चारसय ४४ स्टल रहेका छन् ।
मेलाको उद्घाटन कार्यक्रम संघका अध्यक्ष कृष्ण कट्टवालको सभाध्यक्षतामा भएको हो ।