जनक मावि भीरकोटले शिल्ड लग्ने
गुगलपाटी संवाददाता
मकवानपुर जिल्लाको जारी आठौ राष्ट्रपति रनिङशिल्ड खेलकुद अन्तर्गत ४८ स्वर्ण पदकको टुंगो लागेको छ । ५० वटा स्वर्ण पदकका लागि भएको खेलमा भलिवलका छात्र छात्रा फाईनल खेल वाहेक अरु प्रतिष्पर्धा सकिएको खेलकुद विकास समितिले जनाएको छ । पदक तालिकामा जनक मावि भीरकोटले १४ स्वर्ण ६ कास्य र ७ रजत पदक प्राप्त गरि शिल्डको जितेको छ । यस्तै गत वर्षको विजेता विद्यालय महेन्द्र मावि छतिवनले ५ स्वर्ण,१३ रजत र ७ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । यसै गरि महेन्द्र किरण मावि वसामाढीले ३ स्वर्ण ४ रजत पदक प्राप्त गरि तेस्रो स्थानमा हरेको समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् ।
आज भएका कव्वडीको छात्रा तर्फ भोजसिद्ध मावि हाडीखोला प्रथम भएको छ भने सूर्योदय मावि सरिखेत दोस्रो तथा चण्डीका मावि शिखरकटेरी तेस्रो भएका छन । यस्तै छात्र तर्फ इवन वोडिङ स्कुल वज्रवाराही प्रथम ज्ञानदा मावि हेटौडा द्धितीय र पशुपति नाथ मावि हाडीखोला तृतीय भएका छन । यता भलिवलमा छात्रा तर्फ कृष्ण आर्दश वोर्डिङ तृतीय भएको छ भने शारदा मावि आमभन्ज्याङ र महेन्द्र मावि छतिवन फाईनलमा पुगेका निर्णयक विनोद श्रेष्ठले जनाएका छन । यस्तै छात्र तर्फ जनक मावि आमभज्याङ तृतीय भएको छ भने वंशगोपाल मावि चौघडा र जनता मावि आमभन्ज्याङ वीच फाईनल खेल हुने भएको छ । पुरस्कार वितरण चैत्र २९ गते मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिएका छन ।
आजै भएको ३ हजार मिटर दौडमा जनक मावि भीरकोटका विशाल श्रेष्ठ र संझना गौतम प्रथम भएका छन भने प्रगतिका सागर लामा र वंशगोपालकी सपना तिमल्सिना दोस्रो भए । यस्तै प्रगतिका सन्दिप श्रेष्ठ र महेन्द्र मावि छतिवनकी मनिका फुयाल तृतीय भएका छन । यस्तै हाईजम्पमा जनज्योतीकी सन्चमाया थिङ र भृकुटी माविका दिपेश भुलोन प्रथम भएका छन । यस्तै जनक माविका दिलिपष् राई र जनज्योतीकी सरस्वती खड्का द्धितीय हुदा भृकुतीकी रिमा गोले र महेन्द्र मावि छतिवनका नरज खड्का तृतीय भएका निर्णयक राजाराम पोखरेलले जानकरी दिएका छन ।