आजका पत्रपत्रिकाः डिभाइडरमा झुले फूलहरु

गुगलपाटी संवाददाता
२० फाल्गुन २०७५ ०२:१८

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् ।

धरान–चतरा–हेटौंडा सडकको पश्चिम क्षेत्रको प्रगति ३७ प्रतिशत, मोतिबिन्दुको सल्यक्रिया गर्न नेपाली दाता, एक हप्तापछि स¥यो मकवानपुर गोल्डकप, शिवरात्रीमा हेटांैडाको पशुपतिमा ९५ जना प्रहरी खटाइनेलगायतका समाचार आजका पत्रिकाले पहिलो पृष्ठमा नै छापेका छन् ।

त्यसैगरी हेटौंडाको कान्तिराजपथको डिभाइडरमा फूल झुल्न थालेको समाचार पनि स्थानीय पत्रिकामा छापिएका छन् । हेटौंडाको कान्तिराजपथको सडक बीचमा रहेको लामो डिभाईडरमा सयपत्री, निलजाई, अशर्फी, घण्टेफूल, लगायतका बिभिन्न जातका फूलहरु झुलिरहेको देख्न सकिन्छ । व्यस्त बजार होस् वा भित्री सडकहरु, जताततै हरियाली देखिने सडकहरु अब रंगिन पनि देखिन थालेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको फूलै फूलको शहर बनाउने अवधारणा अन्तर्गत सडक छेउछाउ र बीचमा रोपिएका फूलहरु फूल्न थालेछि हरित हेटौंडा थप आकर्षक देखिन थालेको हो । सडक दायाँ बायाँ खाल्डाखुल्डी र फोहर छलेर हिँडने नगरबासीहरु उक्त स्थानमा एकैछिन रोकिएर फूलसँग फोटो खिच्छन् । हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडकलाई फूल रोपेर आकर्षक बनाउने कामको सुरुवात भएको हो ।

दुई वर्षको अबधिमा साविक हेटौंडाको ११ वडाको सडकमा चार हजार दुई सय ५६ फलफूलको बिरुवा रोपिएको उपमहानगरपालिकाको तथ्याङ्क छ । तीमध्ये मौसमी फूलका बिरुवाहरु एक हजार छ सय ५६ बोट, जुनसुकै समस्यमा फुल्नेगरी दिगो रुपमा फूल्नसक्ने फूलहरु दुई हजार २५ बोट, अन्य बिभिन्न प्रजातिका पाँच सय ७५ फलफूलका बिरुवाहरु रोपीएको उपमहानगरपालिकाले जनाएको छ ।

शहरलाई व्यवस्थित र आकर्षक बनाउन फलफूलको बिरुवा सडक दायाँ बायाँ रोप्ने अभियान चलाईएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ