सुमोको ठक्करबाट आमाको मृत्यु, नाबालक शिशु घाइते

गुगलपाटी संवाददाता
२० फाल्गुन २०७५ ०४:२७

हेटौडा–पूर्वपश्चिम राजमार्गअन्तर्ग हेटौैंडा–११ थानाभ¥याङमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने उनकी नाबालक छोरा घाइते भएका छन् ।

गएराती ९ बजेको समयमा ना १ ज २००६ नम्बरको सुमोले पैदल हिँडिरहेकी अन्दाजी ४५ वर्षीय महिलालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । नाम थर खुल्न नसकेको ती महिलाको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

ती महिलाकी अन्दाजी एक वर्षका नाबालक छोराको भने चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।