आजका पत्रपत्रिकाः प्रदेश ३ ले वृद्धभत्ता बढाउने
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् ।
हेटौंडामा २८ वर्षपछि नयाँ दमकल आइपुगेको, मकवानपुरमा चार वर्षको अवधिमा ८० जना महिला तथा बालिका बलात्कार भएको, राप्रपाको स्वाभिमान यात्रा हेटौंडामा, कृषियोग्य जमिन प्रयोगहिीन, क्रिकेट खेलाडीको उपचारको लागि क्रिकेट प्रतियोगिता, भत्काइएका सडक निर्माणमा ढिलाईलगायतका समाचार पहिलो प्राथमिकतामा छापेका छन् ।
यस्तै ३ नम्बर प्रदेश सरकारले आगामी वर्षदेखि वृद्धभत्ता वृद्धि गर्ने भएको समाचार आजको हेटौंडा सन्देशको पहिलाृ पृष्ठमा छापिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आगामी वर्षदेखि नीति तथा कार्यक्रममै उल्लेख गरेर वृद्धभत्तामा वृद्धि गरिने घोषणा गरेका हुन् । प्रदेश सरकार वृद्ध तथा बालबालिकाप्रति उत्तरदायी रहेको उनको भनाइ थियो ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ