नेपाल प्रहरीका दुई दर्जन बढी उच्च अधिकृत एकसाथ अवकाश

गुगलपाटी संवाददाता काठमाण्डौं
२८ चैत्र २०७४ १५:०२

नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित एकैपटक दुई दर्जनभन्दा बढी उच्च अधिकृत सेवा निबृत्त भएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृतले एकसाथ आजबाट नियमित अवकाश पाएका हुन् ।
अर्याल अवकाशमा जाने अघिल्लो दिनमा मंगलबार साँझ अबेरमात्र सरकारले नयाँ आइजिपीमा सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । आजबाट अवकाश पाउनेमा १६ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी रहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए ।
साथै नेपाल प्रहरीको महानिरीक्षक बढुवामा चिक्त नबुझेको भन्दै डीआईजी रमेश खरेलले राजीनामा दिएका छन् ।