प्रदेशसभा तीन : चार विधेयकमा २७ संसोधन दर्ता
गुगलपाटी संवाददाता हेटौंडाप्रदेश सभा बैठकमा प्रस्तुत ४ विद्येयकमा २७ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन गर्न तोकिएको अवधीमा विद्येयकका विभिन्न दफा र उपदफामा २७ वटा विद्येयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव भरतकूमार बुढाथोकीले जानकारी दिनुभयो ।
चैत २५ गतेको प्रदेश सभा बैठकमा सामान्य छलफल भएपछि गाउँरनगरर जिल्ला सभा सञ्चालन कार्य्विधि सम्बन्धी विद्येयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथि बुधबार साढे ३ बजेसम्म र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथि अपराह्न ५ बजेर ४० मिनेट सम्म संशोधनको समय तोकिएको थियो ।
दर्ता भएका संशोधन सभामा वा समितिमा दफावार छलफलका लागि पठाइन्छ । बिहिबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने बुढाथोकीले जानकारी दिनुभयो ।
नगेन्द्र अधिकारी,कान्तिपुर दैनिक