जिल्ला प्राविधिक कार्यालयहरू खारेज

गुगलपाटी संवाददाता काठमाण्डौं
२८ चैत्र २०७४ १५:२७

जिल्ला प्राविधिक कार्यालयहरू बुधबारदेखि खारेज भएका छन् । स्थानीय शासन सञ्चालन ऐन अनुसार तोकिएको म्याद सकिएपछि ती कार्यालय स्वतः खारेज भएका हुन् ।
अहिले तल्लो तहमा प्रदेश र स्थानीय तह सञ्चालनमा आइसकेका छन् । नयाँ संरचनामा जिल्ला स्तरमा प्राविधिक कार्यालय रहने व्यवस्था नभएको र भएकाको हकमा तिनको कार्याधिकार स्थानीय तहमा जाने कानूनी व्यवस्था अनुरुप ७७ वटै जिल्लामा रहेका प्राविधिक कार्यालय खारेज भएका हुन् ।
सरकारले गत असोजमा जारी गरेको स्थानीय शासन सञ्चालन ऐनले ६ महिनाभित्र जिल्लास्थित प्राविधिक कार्यालय खारेज गर्ने व्यवस्था गरेको थियो । मुलुक संघीय संरचनामा गएपछि साविकको प्रणालीमा कायम रहेको कार्यालय खारेज भएका हुन् ।