कोरियाले दियो १० हजार कामदार कोटा, जेठ २६ र २७ मा भाषा परीक्षा
गुगलपाटी संवाददातारोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाले जेठ अन्तिम साता भाषा परीक्षा गर्ने गरी नेपाललाई १० हजार ५० कामदार कोटा निर्धारण गरेको छ।
१० औँ भाषा परीक्षामार्फत् यो वर्षका लागि १० हजार ५० नेपाली युवा रोजगारीका लागि कोरिया जान पाउने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
यो भाषा परीक्षामा कोरियाले उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परीक्षार्थीलाई उतिर्ण गर्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ।
परीक्षाको लागि चैत ८ देखि १७ गतेसम्म आवेदन माग गरिने योजना छ। आवेदन शुल्क २४ अमेरिकी डलर कायम गरिएको छ । ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र इसेवामार्फत रकम बुझाएर अनलाइन फर्म भर्न सकिने व्यवस्था मिलाइएको छ ।