आजका पत्रपत्रिकाः अब मकवानपुरमा समान कामको समान ज्याला
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुखताका साथ छापेका छन् ।
मकवानपुरको इपामा २२ मेगावाटको हाइड्रोपावर निर्माण सम्पन्न भएको, स्थानीयले १२ करोड रुपैयाँको शेयर पाउने, व्यापार मेला एक दिन पर सर¥यो, ५ दशकमा पनि लालपूर्जा नपाएको, हेटौंडा अस्पतालको भवन निर्माण छिटो सक्न प्रदेश मन्त्रीको निर्देशन, चीनबाट गाई ल्याउने प्रदेश सरकारको सम्झौताको दुग्ध उत्पादकको विरोधलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमै प्राथमिकताका साथ छापेका छन् ।
त्यस्तै आजका पत्रपत्रिकाले मकवानपुरमा समान कामको समान ज्याला लागू गर्न मकवानपुरका जनप्रतिनिधिहरु सहमत भएको समाचार पनि प्राथमिकताका साथ छापेका छन् ।
आइतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा बसेको समन्वय बैठकमा मकवानपुरका सबै स्थानीय तहले कामको ज्यालामा महिला पुरुष विभेद नहुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध भएका हुन् ।
समान काममा महिला र पुरुषलाई फरक फरक ज्याला दिने गरिएकोमा अबदेखि स्थानीय तहमा कानुन नै बनाएर समान कामको समान ज्याला कार्यान्वयन गराइने स्थानीय तहका जनप्रतिनिधिले प्रतिवद्धता जनाएका हुन् ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ