आजका पत्रपत्रिकाः हेटौंडा मेलामा हेलिकप्टर ‘स्टण्ट’ देखाउने पाइलटको लाइसेन्स चेट
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले विभिन्न विषयलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् । भत्तपुरबाट मकवानपुरगढी जन्ती आएको बस दूर्घटनामा २ जनाको मृत्यु, एकदिनअघि नै मेलाको समापन समारोह, हेटौंडामा जुत्ताचप्पल मेला, विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय, लगायतका समाचार आजका दैनिक पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।
हेटौंडामा फागुन १८ गतेदेखि सञ्चालन भएकोराष्टिय औद्योगिक व्यापार मेलामा हेलिकप्टरबाट मेला तथा हेटौंडा बजार अवलोकनको अवसर मिलाइएको थियो । सोही हेलिकप्टरका पाइलटको भने लाइसेन्स निलम्बन भएको छ । कारण, उनले हेलिकप्टर चलाउँदा लापरबाही गर्दै अनावश्यक स्टण्ट देखाए । यो समाचार आजको साझाकुरा दैनिकमा छापिएको छ ।
नेपाल नागरिक उड््यन प्राधिकरणले महोत्सवमा जथाभावी स्टण्ट देखाएर हेलिकप्टर उडान गरेको भन्दै प्रभु हेलिकप्टरका पाइलट रामेश डंगोलको लाइसेन्स तत्कालका लागि निलम्बन गरेको हो ।
उनको लाइसेन्सट निलम्बनसँगै आवश्यक छानविन अघि बढाइएको प्राधिकरणले जनाएको छ । उनले हेलिकप्टर स्टन्ड गराएको भिडियो नागरिक तहबाट नागरिक उड््ययन प्राधिकरणमा पुगेपछि उनलाई कारबाही गरिएको हो । हेटौंडामा प्रभुले नाइन एन ए जे डब्लु हेलिकप्टर उडाएको थियो ।
‘हामीलाई प्राप्त भएको भिडियोका अधारमा हामीले तत्काल उडान अनुमतिपत्र निलम्बन गरी छानविन थालेका छौं, हेलिकप्टर त्यसरी स्टण्ट देखाउने साधन होइन, गर्न पनि पाइदैन । महोत्सवमा दूर्घटना भएको भए सयौंको ज्यान जान सक्थ्यो’ नागरिक उड््यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने ।
विभागले भिडियो पाएसँगै प्रभुलाई प्राधिकरणले पत्र काटेर हेलिकप्टर नउडाउन भनको थियो । मेला सकिनु ३ दिनअघि नै हेलिकप्टर फर्किएको थियो । मेलामा हेलिकप्टरले एक सय २५ फ्लाइट गरेको जनाइएको छ ।
हेर्नुहोस् ४ वटा दैनिक पत्रिकाको पहिलो पृष्ठ