के हो ‘बर्ड फ्लु’, यसबाट बच्न के गर्ने ?
गुगलपाटी संवाददातापृष्ठभूमी
एभिएन इन्फ्लुएन्जा अर्थात बर्ड फ्लु सर्वप्रथम पन्छीबाट मानिसमा १९९७ सालमा हङ्गकङ्गमा देखिएको हो । त्यस बेला १८ जना मानिस बिरामी परेका थिए र ८ जनाले ज्यान गुमाउनु परेको थियो । हङ्गकङ्गमा सबै प्रकारका पन्छी, पन्छीजन्य पदार्थ नष्ट गरीएको थियो र खुला रुपमा पन्छी, पन्छीजन्य पदार्थहरु बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको थियो। त्यस अघि नेपालमा जस्तै हङ्गकङ्गमा पनि पन्छीहरु खुला रुपमा बिक्री वितरण गर्ने चलन रहेको थियो । भारतमा अहिले सम्म पटक- पटक गरी वर्ड फ्लू रोगका बिषाणुबाट आक्रमण भई राखेको छ । सर्वप्रथम २००६ सालमा महाराष्ट्र, मध्यप्रदेश र गुजरातमा देखिएको थियो । त्यसपटि बंगलादेशमा र अहिले पश्चिम बंगालमा देखिएको छ । वर्ड फ्लू को संक्रमण आहिलेसम्म ६० वटा देशहरुमा देखिएको छ । हालसम्म यो रोगबाट ३७५ जनाको मृत्यु भइसकेको छ । यस रोगको हल्ला हुँदा मात्रै पनि बिगतका दिनहरुमा नेपालमा मात्रै नभै बिकसित देशहरुमा पनि ६० प्रतिशत भन्दा बढि मानिसले कुखुराको मासु खान छोडेका थिए । अहिले यो रोग विश्वभरी नै सबैको चासोको विषय बस्तुभएको छ ।
वर्ड फ्लू रोगको प्रकृति
यो खास गरी पंछी जातमा हुने रोग हो । तर अहिले मानिस लगाएत अन्य पशुपन्छीहरुमा पनि यो रोग देखिएको छ । यो बिषाणु र अति सम्वेदनशिल हुन्छ साथै यो विषाणले आफ्नो जैविक संरचना फेरी रहन्छ । त्यसै कारणले गर्दा नै यो रोगले विश्वभरनै त्रासको वातावरण सृजना गरेको छ । यो रोग सर्बप्रथम चिनमा देखिएको थियो र रोग फैलीने क्रममा दक्षिण पूर्वी एसिया हुँदै एसीया भरी फैलिई युरोपसम्मपुगी सकेको छ । वर्ड फ्लु एभिएन एन्फ्लुएन्जा विषाणु समुह अन्तर्गतको अति घातकप्रकृतिको विषाणुका कारण पैदा हुने रोग भएकोले यसलाई हाइली प्याथोजेनिक एभिएनइनफ्लुएन्जा (HPAI) पनि भनिन्छ । यसको कारक तत्व H5N1 भाइरस हो । यसरोगका लक्षणहरु पन्छिहरुमा स्वास प्रस्वास सम्बन्धि लक्षणहरु देखाउने, झोत्राउने, दाना पानी नखाने आदि हुन्छ । एभिएन इन्फ्एन्जा A, B, C तिन थरीका हुन्छन् । Type A अन्तर्गतको H5N1 ले मानिस लगाएत अन्य पशु पंक्षि बंगुर, सुगुर, घोडा, कुकुर, व्हेल आदिमा पनि असर गर्दछ । हांस, जल चरा र बसाई सरेर आउने चराहरु र जंगली चराहरु यो रोगका विषाणुको प्राकृतिक श्रोत हुन् ।
वर्ड फ्लूको बिषाणु RNA प्रकारको हुनाले यसले आफ्नो जैबिक संरचना बदल्ने भएकाले सन् १९९७ मा हङ्गकङ्गमा H5N1 को संक्रमण प्रमाणित भएको थियो । सन् १९१८ मा स्पेनमा देखिएको एभिएन इन्फ्लएुन्जाका कारण लाखौ मानिसहरुको मृत्यु भएको थियो । त्यस बेला बिषाणुको प्रकार H5N1 नभएर H1N1 प्रजातीको थियो । H1N1 अहिले विश्वभर स्वाईन फ्लु अर्थात पान्डेमिक फ्लुबाट परिचित छ । यो बिषाणुको रोग सार्ने प्रकृतिका आधारमा वर्ड फ्लुलाई २ भागमा बिभाजन गर्नसकिन्छ । अति घातक प्रकृति (HPAI) र कम घातक प्रकृति (LPAI) का गरी विशेषतः दुई प्रकारका वर्ड फ्लु हुन्छन् । H5N1 र H7N2 प्रजातीहरु अति घातक प्रकृतिका हनु् ।
लोप्याथोजेनिक (LPAI) मा मत्ृयु दर एकदमै कम हन्ुछ र यस प्रजातिबाट अहिलसेम्म मानिसमा रोग लागेको थाहा पाइएको छैन । यस प्रजातीबाट संक्रमण भए पछि पंछीहरुले रोगका लक्षणहरु नदेखाउने देखि लिएर मध्यम खालको लक्षणहरु, केहि मात्र लक्षणहरु देखाउने गर्दछन् । पंछीले अण्डा उत्पादन घटाउछ, स्वास प्रस्वासमा असर पर्ने र ५% सम्म मृत्य दर हुन्छ । तर साधारण अवस्थामा वर्डफ्लु संक्रमित जल चराहरुले रोगको लक्षणहरु देखाउँदैनन् । साधारण अवस्थामा बर्डफ्लु विषाणु पनि जाती विषेश हुन्छ । पंछिको विषाणुले पंक्षीलाई मात्र र मानिसको बिषाणुले मानिसलाई मात्र असर गर्दछ । तर बंगुरमा भने यी दुवै थरीका बिषाणुहरु विकसित हुन सक्छन् जसलाई मिसीने भाडो (Mixing Vessle) पनि भनिन्छ ।
यो रोगको अहिलेसम्मको इतिहास हेर्दा मानिसबाट मानिसमा सरेको पाइएको छैन । अहिलेको विश्वको चासोको बिषय H5N1 नभएर, यो रोग सार्न सक्ने नबिन बिषाणु निस्कन्छ जसले मानिसबाट मानिसमा यो रोग सार्न सक्ने हुन्छ र मानिस नै यो रोग मिसाउने भांडोको रुपमा उत्पत्ति हुन्छ भन्ने पूर्वानुमान हो । बर्डफ्लु रोगका बिषाणुको वरीपरी खोल (envelope) हुन्छ जस्ले गर्दा बिषाणु कुनै प्रकारको साबुन वा अन्य निसंक्रमण गर्ने बस्तुबाट सजिलैसंग नष्ट गर्न सकिन्छ । साथै अधिक तापकम्र र सुख्खापनबाट यो बिषाणु सजिलै मर्दछ । कुखुराको सुलीमा १०५ दिन सम्म जिवितै रहन सक्दछ । यो ४ दिनसम्म पानीमा, २२º से मा जीवित रहन सक्दछ । ६०º सेन्टिग्रेडमा ३० मिनेटमा पूरै नष्ट हुन्छ । यी बाहेक प्रयोगशालामा प्रयोग गरिने इथयानेल, आयोडिन, फर्मालिन आदिमा पनि सजिलै यो बिषाणु निष्कृय हुन जान्छ ।
रोग सर्ने प्रकृया तथा निदान
यो रोग संक्रमित पन्छीको सूलीको माध्यमबाट अधिक मात्रामा बिषाणु शरिरबाट बाहिर निस्कन्छ । यसैबाट भएको प्रत्यक्ष वा अप्रत्यक्ष संक्रमणबाट यो रोग मानिसमा सर्दछ । यस रोगका मुख्य जोखिममा पर्नेहरुमा रोग संक्रमित पानीमा पौडी खेल्ने मानिसहरु र हाम्रो जस्तो देशहरुमा जहां कुखुराको सूली मलको रुपमा कुनै प्रकारको उपचार बिना नै खेत वा बारीहरुमा सिधै प्रयोग गरिन्छ । यो एउटा रोग सर्ने उपयुक्त माध्यम हुन सक्दछ । नेपालमा जस्तै अन्य देशहरुमा पनि कुखुरा र मानिसहरु एउटै घरमा अथवा एउटै कोठामा सुत्ने, वस्ने, खाने चलन छ । यस्ता मानिसहरु लगायत ह्याचरी, पोट्री फार्म, मासु पसल आदिमा काम गर्ने व्यक्तिहरु यो रागेका अगिम्र जोखिममा पर्दछन् । यो रोगको प्रयोगशाला परिक्षण गरी बिभिन्न प्रकारका बिषाणुको प्रजाती छूट्याउन सकिन्छ ।
रोगको रोकथाम तथा नियन्त्रण
नेपालमा आजसम्म यो बिषाणुको संक्रमणलाई नियन्त्रण गर्न प्रयास गरीएता पनी यस पटक भने नियन्त्रण गर्न सकिएको छैैन । हामी हाम्रा छिमेकी देशहरुमा पटक पटक फैली राखेको अवस्थामा नियन्त्रण गर्दा गर्दै पनि दुई देश बिचमा भएको मुल्यमा रहेको अन्तरका कारणले गर्दा पनि चोरी निकासी हुने प्रबल संभावना देखिन्छ । किनकी नेपाल र भा।रतमा अण्डा, मासु लगायत कैयांै वस्तुहरुमा मुल्यमा धेरै नै अन्तर देखिन्छ । त्यस कारणले गर्दा पन्छी पन्छीजन्य पदार्थ, अण्डा लगायत प्वांख चोर बाटो हुंदै भित्रिने सम्भावना देखिन्छ । नेपाल जस्तै अन्य देशहरुमा थाईल्याण्ड, मलेशिया, भियतनाम, क्यामबोडियामा कडा नियन्त्रण हुदा हुंदै पनि पशुहरुको चोरी निकाशी नियन्त्रण गर्न सकी राखको छैैनन् । त्यसलैे हाम्रा देशमा खुला सिमाना छ । चारै तिरबाट कुनै पनि चोरीको बस्तु भित्रिन सजिलै सक्दछ । त्यसकारण भन्सार, क्वारेन्टाइन कार्यालय, चेक पोष्ट, स्थानिय प्रशासन, प्रहरी र स्थानिय बासिन्दा सबैमा यो रोग नियन्त्रण गर्ने दायित्व हुन जान्छ । नेपाल सरकारले पन्छी पन्छीजन्य पदार्थ, अण्डा लगायत प्वांख आदि पदाथर्हरु ब्र्ड फ्लु संक्रमित मुलुकहरुबाट आयात गर्न पूर्णरुपमा रोक लगाई सकेको छ । बसाइ सरेर आउने चराहरु, जंगली चराहरु र घरपालुवाा चराहरुको बासस्थान एउटै हुने भएकोले यिनीहरुबाट रोग सर्ने सम्भावना बढि देखिन्छ । नेपालमा जस्तै अन्य दशेहरुमा पनि कुखुरा र मानिसहरु एउटै घरमा अथवा एउटै को्ठामा पनि सुत्ने,बस्ने, खाने चलन छ । यस्ता मानिसहरु लगायत ह्याचरी पोल्ट्री फार्म मासु पसल आदिमा काम गर्ने व्यक्तिहरु अग्रिम जोखिममा पर्दछन् । खास गरी यिनीहरुले व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन अती जरुरी हन्ुछ । बच्चाहरुलाई चराहरुसगं खल्लन नदिन,े एकै पटकमा धेरै चराहरुको मत्यु भएमा नजिकको पशु सेवा कार्यालयलाई तुरुन्त खबर गरि दिनु पर्दछ । साथेै व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनु पर्ने हुन्छ । जुन सुकेै अवस्थामा पनि हामीले साबुन पानीले हात राम्रोसंग धोएर मात्र खाना खाने बानी बसाल्नु पर्दछ । कुनैे पनि खाद्य बस्तु राम्रोसंग पकाएर खाने । मासु किन्दा भुईंमा राखेको दुषित मासु वा अन्य कुनेै पनि बस्तु बजारबाट नकिनौ ।यिनै व्यत्तिगत सरसफाइका साथ घर आगंन सफा राख्न सकेको अवस्थामा यो रोग लगायत अन्य धेरै रोगहरुबाट टाढा रहन सक्दछौं ।
डा. केदार कार्की