किन लाग्दैन समयमै फोन ?
गुगलपाटी संवाददाताकाठमाडौँ – एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन ।
प्राधिकरणले पुस र माघ महिनामा भक्तपुरसहित पृथ्वी राजमार्ग, पोखरा र बागलुङ बजारमा गरेको ड्राइभ टेस्टको क्रममा नेपालका प्रमुख दुई सेवा प्रदायक टेलिकम र एनसेलसहित स्मार्ट टेलिकमको मोबाइलको गुणस्तर मापदण्डभन्दा कम पाइएको हो । यो समाचार आजको कान्तिपुरमा विजय तिमल्सिनाले लेखेका छन् ।