विप्लव नेकपाका पोलिटब्युरो सदस्य ललितपुरबाट पक्राउ

गुगलपाटी संवाददाता
२ चैत्र २०७५ ०३:२८

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पक्राउ परेका छन्। विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट पक्राउ परेका हुन्।प्रहरी उच्च स्रोतले जीवन्त पक्राउ परेकाे पुष्टि गरे पनि घटनाकाे विस्तृत विवरणा खुलाएकाे छैन।

ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालय अगाडि केही समयअघि विप्लव समूहले बम विस्फोट गराउँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। यसपछि पनि उक्त समूहले मुलुकका विभिन्न स्थानमा बम विस्फोट लगायतका गतिविधि गर्दै आएको छ।