तीन महिनापछि प्रदेशसभाको बैठक बस्दै, एजेन्डा टुङ्ग्याउन बाँकी
गुगलपाटी संवाददाताहेटौंडा– ३ नम्बर प्रदेशसभाको बैठक तीन महिनापश्चात् बस्ने भएको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयका कारण लामो समयदेखि बस्न नसकेको प्रदेशसभाको हिउँदे अधिवेशन करिब ९३ दिनपश्चात् चैत दोस्रो साता बस्ने भएको हो ।
यसअघि स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषयमा सदनमा रस्साकस्सी भइरहेको समयमा पुस १२ गते प्रदेशसभाको वर्षे अधिवेशन स्थगित भएको थियो । ३ नम्बर प्रदेश सरकारले प्रदेश प्रमुख अनुरोध कोइरालालाई हिउँदे अधिवेशन डाक्नका लागि शनिबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले आग्रह गरेको थियो । सोही आग्रह अनुसार सोमबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो ।
कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले चैत १७ गतेका लागि बैठक डाक्ने निर्णय गरिएको समितिका सदस्य तथा प्रमुख प्रतीपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । समितिको बैठकले आगामी प्रदेशसभाको ऐजण्डाबारे अझै टुंगो लगाएको छैन ।