आजका पत्रपत्रिकाः वर्कशप दर्ता नहुँदा करोडौंको राजस्व गुम्दै
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । दोब्बर स्रोतले पानीको समस्या हटायो, प्रदेश ३ मा एसई परीक्षाको तयारी पूरा, मकवानपुरबाट ६ हजार परीक्षर्थी, दूर्घटनामा किशोरीको मृत्यु, मकवानपुर गोल्डकपमा एपिएफ क्लव बिजयी, खानेपानी बोर्डको आम्दानी ६ करोडलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा नै प्रकाशित भएको छ ।
हेटौंडा तथा आसपासका अटो वर्कशपहरु इातायात व्यवस्था सेवा कार्यालयमा दर्ता नहुँदा करोडौंको राजस्व गुम्दै गएको आजको साझाकुरा दैनिकमा समाचार प्रकाशित छ । घरेलु तथा राजस्व कार्यालयमा दर्ता भई यातायात व्यवस्था कार्यालयबाट पनि स्वीकृत लिनुपर्ने भए पनि हेटौंडा तथा आसपासमा सञ्चालित सयौं वर्कशपहरुले अनुमति नलिएको पाइएको हो ।
मोटरसाइकल, तथा गाडी ग्यारेज, बडी निर्माण, सर्भिसिङ सेन्टर, ड्राइभिङ सेन्टरलगायतले अनिवार्यरुपमा यातायात कार्यालयबाट स्वीकृत लिनुपर्ने व्यवस्था कानुनमा रहेको छ । त्यस्ता वर्कशपलाई स्वीकृत दिँदा पुँजीको आधारमा बढीमा ४ हजारसम्म राजस्व लिनसक्ने कानुनी व्यवस्था रहे पनि कार्यालयमा स्वीकृत नलिँदा करोडौंको राजस्व गुमिरहेको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले बताए ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ