मकवानपुर गोल्डकपमा आज पुलिस र फ्रेण्ड्स् भीड्ने

गुगलपाटी संवाददाता
११ चैत्र २०७५ ०२:५८

हेटौडामा जारी दोश्रो भूगर्भ सहिद स्मृति मकवानपूर गोल्डकपमा आज विभागिय टिम नेपाल पूलिस र फ्रेन्डस क्लबीच खेल हुनेछ ।

सहिद स्मृति ए डिभिजन लिगमा समेत यि दूबै टिम आमने समने हुँदा २ खेल बराबरी ४ खेल पूलिसले बाजि मारेको थियो भने फ्रेन्डसले ३ खेल जितेको थियो । नेपाली फूटबल इतिहासलाई हेर्ने हो भने फ्रेन्डस क्लबलाई विभागिय टिम पूलिस भन्दा बलियो टिममा हेरिने गरिन्छ । फ्रेन्डसको डिफेन्स लाई बलियो रहने हूदा पूलिसलाई सेमिफानल प्रवेशका लागी फ्रेन्डसको डिफेन्सलाई बाधक बन्न सक्ने छ ।

नेपाल पूलिस डिफेन्सलाईन कमजोर रहेको र फ्रेन्डस क्लबको वान टू वान पास पूलिसको लागी कडा चूनौती हून सक्ने छ । पुलिसका टिम कोच अनन्त थापा को रणनिती लाई हेर्ने भने नेपाल पूलिस क्लब विपक्षि टिमको खेल सेटिङ अध्यान गरेर आफ्ना खेलाडी परिचालन गर्ने र सके सम्म निर्धारित समयमा गोल गर्ने नसकिए खेल बराबरीमा रोकेर पेनाल्टी सूट आउटमा लैजाने रक्षात्मक रणनिती तय गर्ने छ ।

नेपाल पुलिसका पहिलो रोजाईका ५ खेलाडी टिममा नहूदा फ्रेन्डस क्लबले यस्को सदुपयोग गर्न सक्ने छ । च्यासल यूथ क्लब संग सडनडेथमा जित निकालेर क्वाटर फाईनल प्रवेश गरेको नेपाल पूलिस टिम लाई सेमिफाईनल प्रवेशका लागी हेटौडेली दर्शकको हूटिङ पनी बाधक बन्न सक्ने छ ।

आज हूने नेपाल पूलिस क्लब र फ्रेन्डस क्लब बिच हुने खेलमा हेटौडेली दर्शकको साथ फ्रेन्डसले पाउने अनूमान गरिएको छ । आज जित्ने टिमले सेमिफाईनलमा आयोजक मकवानपुर संग खेल्ने छ भने हार्ने टिम घर फर्कने छ । भूगर्भ सहिद स्मृती मकवानपूर गोल्डकप बिजेताले ८ लाख उपबिजेता ले ४ लाख पाउने छ भने खेल अबधी भर को उत्कृष्ट खेलाडीले ७५ हजार पुरस्कार पाउने छ ।