जनप्रतिनिधि एक जना बिपन्न विद्यार्थीको अभिभावक बन्नुपर्ने

गुगलपाटी संवाददाता हेटौँडा,३० चैत्र
३० चैत्र २०७४ १५:१६

प्रदेश तीनका जनप्रतिधिले एक जना बिपन्न विद्यार्थीको अभिभावक बन्नुपर्ने भएको छ । नयाँ शैक्षिक सत्र २०७५ बाट जनप्रतिधिले एक जना बिपन्न विद्यार्थी पढाउनुपर्ने भएको हो ।
शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकार सम्मेलन गर्दै बैशाखबाट सुरु हुने भर्ना अभियानलाई सफल बनाउनको सबै जनप्रतिनिधिहरुलाई अनिर्वाय एक जना विद्यार्थीको अभिभावक बन्न निर्देशन दिएका हुन् ।
जनप्रतिनिधिले नै पहल गरेदेखि प्रदेश नंबर ३ मा विद्यालय जानेको संख्यामा निकै सुधार आउने उनले बताए । ‘म पनि एक जना विपन्न विद्यार्थीको अभिभावक बनेर विद्यालय भर्ना गराउँदैछु’,उनले भने,‘प्रत्येक जनप्रतिनिधिले पनि त्यो काम गर्नुपर्छ ।’