प्रतिबन्धित अखाद्य बस्तु हेटौडामा खुलेआम बिक्रि
गुगलपाटी संवाददाताहेटौंडा– हेटौडामा सोमबार खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालले गरेको संयुक्त अनुगमनको क्रममा म्याद नाघेका पेय पदार्थ अत्याधीक मात्रामा भेटीएको छ । हेटौडाको ४१ वटा पसलमा गरीएको अनुगमनमा यस्तो भेटीएको हो । अनुगमनको क्रममा डिलरले नै म्याद नाघेको पेय पदार्थ बिक्री गरेको ब्यबसायीहरुले गुनासो गरेका छन ।
नेपाल सरकारले केहि समय अघि मात्र प्रतिबन्ध लगाएको चुक अमिलो र श्री कलस डेरीबाट उत्पादीत घ्यु हेटौडामा भने खुलेआम बिक्रि भैरहेको पनि भेटिएको छ ।प्रतिबन्धीत तथा म्याद नाघेका खाद्य पर्दाथलाइ टोलीले जफत गरेको छ । जफत गरेको सामाग्री जिल्ला पूशासन कार्यालयमा रखिएको र भोली नगरपालिका मार्फत नष्ट गरीने खाद्य अनुसन्धान तथन गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख सोम कान्त रिजालले बताउनु भयो ।
संयुक्त टोलीको बैठक पछि नियम बिपरीत खाद्यय पदार्थ बेच्नेलाइ कारबाहिको लागी जिल्ला प्रहरीसंग समन्वय हुने उहाको भनाइ छ । अनुगमनको क्रममा मकवानपुर बाहिरका उद्योगबाट उत्पादीत अखाद्य पदार्थ बिक्रि भैरहेको पाइएको पनि रिजालले बताउनु भयो । खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालय,जिल्ला प्रशासन कार्यालय, प्रहरी,उपभोक्ता मन्च,उपभोक्ता हित संरक्षण मन्च मकवानपुर र हेटौडा उपमहानगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो ।