यस्तो लेखे आज हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस् ३ पत्रिकाको पहिलो पृष्ठ)
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज स्वस्थ्य क्षेत्रसँग सम्न्धित समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
ध्रुमपान तथा सूर्तीजन्य उद्योगहरु बन्द गर्नुपर्ने ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको भनाइलाई आजका पत्रिकाले पहिलो पृष्ठमा नै छापेका छन् । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हेटांैडा अस्पतालबाट सुरु हुने सम्बन्धी समाचार आजको समृद्ध समाज दैनिकले लेखेको छ ।
लक्षित समूहलाई निःशुल्क र अन्य नागरिकलाई सशुल्क स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको बारेमा जनचेतना फैल्याउने उद्देश्यले मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम ल्याउन लागिएको हो । पहिलो चरणमा मकवानपुरसहित ५ जिल्लाको जिल्ला अस्पतालमा यो कार्यक्रम लागू हुनेछ ।
त्यसैगरी सांसदाई दिइने विकास बजेट रोक्न विवेकशील साझा पार्टीकी ३ नम्बर प्रदेश सदस्य शोभा शाक्यले माग गरेको प्रसङ्ग पनि छापिएको छ । हेटौंडामा जारी मकवानपुर सहिद स्मृति गोल्डकपमा भरतको ह्याट्रिकले पुलिस क्लवले फ्रेन्ड्स् क्लवलाई जितेर सेमिफाइनल पुगेको समाचार पनि पहिलो पृष्ठमै छापिएको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ