हेटौंडामा जुत्ता चप्पल मेला जारी, १७ दिनमा ८० हजारले गरे अवलोकन
गुगलपाटी संवाददाताहेटौंडा–स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ हेटौंडाको पल्लपसाहलमा भइरहेको मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा हालसम्म ८० हजारले अवलोकन गरेका छन् ।
करिब १५ हजार जोर जुत्ता चप्पल बिक्री भएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । फागुन २८ गतेबाट सुरु भएको मेला चैत २३ गतेसम्म चल्ने बताइएको छ । मेला संयोजक होमनाथ उपाध्यायले मेलामा भारी छुटका साथ जुत्ता चप्पल बिक्री भइरहेको छ
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालले संयोजन गरिरहेको छ ।
नेपाली जुत्ता चप्पलको सात वटा व्राण्डले मेलामा आफ्नो उत्पादन बिक्री गरिरहेका छन् । बि.एफ. डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोशेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल मेलामा रहेको छ । प्रर्दशनी भरिमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताए ।
नयाँ डिजाइनका छालाजन्य जुत्ता चप्पलहरु पनि मेलामा राखिएको छ । मेलामा जेन्स तथा लेडिजको चप्पल र जुत्ता, पार्टी सुज, स्र्पोट्स सुज, स्कुलकलेज सुज,हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायतका छालाजन्य उत्पादनहरु रहेका छन् । नेपाली उपभोक्तालाई स्वदेशमा नै उत्पादित स्वदेशी व्राण्ड प्रति माया र स्वदेशी व्राण्ड प्रयोग होस भन्ने उद्देश्यले मेला आयोजना गरेको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए