प्रदेश तीनको राजधानी अन्योलमा, प्रतिपक्षिको संसद अवरुद्धगर्ने तयारी
गुगलपाटी संवाददाता
तीन नम्बर प्रदेशको प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर वानियाले अबको प्रदेश सभाको बैठकमा राजधानीको विषयले प्रवेश नपाए संसद नै अवरुद्ध गर्ने चेतवानी दिदै आउनुभएको छ ।
यस अघिको कार्यव्यवस्था परमर्श समितिमा सत्ता पक्षले अबको प्रदेश सभाको वैठकमा राजधानीको विषय ल्याउने बताए पछि प्रदेश सभाको मिति तोकिएको भन्दै नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले आज बस्ने कार्यव्यवस्था परामर्श समितिले राजधानी र नामको विषय ल्याउने निर्णय नगरे नेपाली कांग्रेसको संसदीय दलको वैठक बसेर अवरुद्ध गर्ने निर्णय गर्न सक्ने बताएका छन् । लामो समयपछि प्रदेश सभा बैठक बस्न लागेकोले कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको कार्यसूचि तय गर्नेछ । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले आज आईतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक हुने र दिउसो ३ बजे प्रदेश सभा बैठक बस्ने तयारी गरिएको वताए ।