हेटौंडा–काठमाडौं सुमो आतंक भयोः प्रदेश सांसद
गुगलपाटी संवाददाता३ नम्बर प्रदेश सभाको सोमबार बसेको वैठकमा अधिकांश प्रदेश सभा सदस्यहरुले हेटौंडा–काठमाडौं सडकमार्गमा सुमो आतंक रोक्न माग गरेका छन् । जीर्ण सडक र साँघुरो बाटोमा सुमो चालकहरुले ‘मै हुँ भन्ने व्यवहार गरेको प्रदेश सांसद गणेश दुलालले प्रदेश सभाको वैठकमा बताए । यस्तै प्रदेश सभा सदस्य भीमसेन खत्रीले संघीय राजधानी काठमाडौंबाट हेटौंडा आउ“दा ज्यान जोखिममा पारेर आउनु पर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्य जीवन खड्काले प्रदेश सरकारको सडक विस्तारको योजना अलपत्र खालको भएको भन्दै आलोचना गरेका छन् । प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेलले प्रदेश सरकारलाई प्रदेश सभाको वैठकबाट प्रश्न गर्दै भने ‘के दुई चार जना सांसदलाई नै शहिद बनाउन पर्ने हो ?’ प्रदेश सभाको विशेष समयमा बोल्ने प्रदेश सांसदहरुले २ नम्बर प्रदेशमा हावाहुरीले भएको क्षतीमा दुख व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । यस्तै प्रदेश सभा सचिवालयले पनि दुई नम्बर प्रदेश लगायत तराई क्षेत्रमा भएको क्षतिमा दुख व्यक्त गरेको छ ।