यस्तो लेखे हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस् ३४ पत्रिकाको पहिलो पृष्ठ)
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले बारा र पर्सामा आइतबार राती आएको हावाहुरीसँगै भएको मानवीय तथा जनधनको क्षतिको प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् ।
हावाहुरीका कारण बिजुलीको पोल ढल्ने, घरको छाना उडाउने, पर्खाल भत्किने जस्ता दूर्घटना हुँदा बारा र पर्सामा आइतबार राती २७ जनाको मृत्यु भएको छ । करिब ५ सय जनाभन्दा बढी घाइते भएका छन् ।
बारा र पर्सामा हावाहुरीका कारण प्रभावितको उद्दार र राहत र घाइतेको उपचारको लागि ३ नम्बर प्रदेश सरकार र मकवानपुरका संघसंस्थाले पनि चासो दिएका छन् । ३ नम्बर प्रदेशको सोमबारको प्रदेशसभामा बोल्ने सांसदहरुले ३ नम्बर प्रदेश सरकारले २ नम्बर प्रदेशमा भएको बिपतीमा सहयोग गर्नुपर्ने बताएका थिए ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाललगायत सोमबार प्रभावित क्षेत्रमा पुगी अवलोकन गरेका थिए । राहत र आवश्यक सहयोगको लागि प्रदेश सरकार तत्पर रहेको पनि मुख्यमन्त्रीले बताएक थिए । आजका दैनिक पत्रिकाले समाचार लेखेका छन् ।
त्यस्तै ३ नम्बर प्रदेशसभामा सोमबार दुई बिधेयक प्रस्तुत, हेटौंडामा भएको ज्ञान विज्ञान अनुष्ठानमा ३५ प्रतिशत रकम अझै उठ्न बाँकीलगायतका समाचार पनि प्राथमिकताका साथ छापिएको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ