प्रदेश सभामा एकैचोटी ३ सांसदले गरे नियमापत्ती
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेश सभाको मंगलबार बसेको वैठकमा प्रदेश सुचनाको हक सम्बन्धी विधेयक सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य शान्ती प्रसाद पौडेलले बोल्न सुरु गर्ने वित्तिकै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको वैठक ५ मिनेटको लागि स्थगित गर्नुपर्यो ।
सुचनाको हक सम्बन्धी १० जना प्रदेश सभा सदस्यहरुले बोेलेका छन् । सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट प्रदेश सभाको वैठकमा उक्त विधयेक संसदमा आएको हो ।
प्रदेश सभाका सदस्यहरुले विधेयक माथि छलफल गरिरहँदा सरकारका प्रतिनिधि संसद हलमा नभए पछि एकै चोटी तीन जना प्रदेश सभा सदस्यहरुले नियमापत्ती गरेका हुन् ।
प्रदेश सभा सदस्यहरु रिना गुरुङ, गिता वाग्ले, रिता माझीले हात उठाएर नियमापत्ती गरेका हुन् । नियमापत्ती गरेपछि सभामुख श्रेष्ठले संसद स्थगित गर्नु परेको थियो ।
केहि बेर पछि मुख्यमन्त्री डोरमणि पौडेल संगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल आएपछि संसदमा पुनः छलफल सुरु भएको हो । प्रदेश सभाको वैठक चैत २५ गते सम्मको लागि स्थगित भएको छ ।