वंशजको आधारमा पुनः नागरिकता वितरण गर्न गृह मन्त्रालयको परिपत्र
गुगलपाटी संवाददाता काठमांडौजन्मको आधारमा नागरिकता प्राप्त गर्नेहरुलाई पुनः वंशजको आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको छ।
नेपाल नागरिकता ऐन, २०६३ संशोधनका लागि संसदमा विधेयक पेश भएपछि जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्ततिको नागरिकता वितरण सरकार मार्फत रोकिएपछि जन्मका आधारमा नागरिकता लिएकाको सन्तानहरु नागरिकता लिनबाट वञ्चित हुँदै आएका थिए ।
सर्वोच्चको फैसला र सेवाग्राहीको गुनासोपछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै जन्मका आधारमा नागरिकता लिएकाको सन्ततिलाई वंशजका आधारमा नागरिकता दिन निर्णय लिएको गृह मन्त्रालयले जनाएको छ ।
परिपत्रमा नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्न भनिएको छ ।