फूलको विद्रोहः- रुपान्तरणसहति उज्यालोको खोजी
गुगलपाटी संवाददाता हेटौंडामकवानपुरे कवि अनिता न्यौपानेको कविता कृतिफूलको विद्रोह रुपान्तरणसहितको उज्यालोको खोजीभएको बताइएको छ । हेटौंडामा मंगलबार न्यौपानेको कविताकृति गृह विमोचन तथा विमर्शमा न्यौपानेका कविताले उज्यालोको खोजी गरेको बताइएको हो ।
कविताकृतिफूलको विद्रोह माथिकार्यपत्र प्रस्तुतगर्दै समिक्षक/समालोचक घनश्याम घिमिरे कृतिमा समावेश भएका कविताले रुपान्तरणसहतिको उज्यालोको खोजी गरेको बताएकाहुन् । उनले शब्दहरुको कलात्मकप्रयोगको रुपमाफूलको विद्रोह जन्मिएको उल्लेख गरे ।
कविताकृतिमासर्जक बाँचेको जिवन, भोगेको समाज र देखेको अनुभूतिहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरेको उल्लेख छ । कृतिमा रहेका कविताले नारी अस्तित्वको खोजी, शहरिया जिवनको पिडा ,मातृबात्सल्य, देशभक्ति, बालमनोविज्ञान, प्रेम लगायतका विषयलाई समेटेको घिमिरेले बताए ।
कवि न्यौपानेका कवितामा प्रगतिशिल चेतना,रुपान्तरणको चाहना, भौतिकवादीजिवन दृश्टिकोण, समानताको आवाज,लैगिङ्क समानता र नारी अस्तित्वको खोजी गरेको पढ्न पाइने कार्यपत्रमाउल्लेख छ । भाषा शैलीकाहिसाबले औसत भएपनि सरल भाषिक अभिव्यक्ति कविताको परिचयबनेको समिक्षक घिमिरेले बताए ।
कवितामा बिम्बर प्रतिकलाई अभिव्यक्तिको मुख्य माध्यम बनाइएको उल्लेख छ । कवितामा अभिव्यक्तिको सरलता, समक्षिप्तता, आदर्श प्रेमप्रतिको आशक्ति रहेको घिमिरेले बताए ।
केही कवितामा समस्या रहेपनि इमान्दार लेखन प्रयत्नले त्यसलाई छायामा पारेको उनले उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार तुल्सीथापा, आरसी रिजाल, तीर्थदेविशिलवाल, निमेष निखिल, कविअनिता न्यौपाने र साहित्यकार तथा मञ्जरी पब्लिकेशनका प्रमुख कृष्ण अविरलले कविताकृतिको गृहविमोचन गरेकाथिए । यसअघि चैत २ गते कृति काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा विमोचनगरिएको थियो ।
कार्यक्रमका प्रमुखअतिथि तुल्सी थापाले मकवानपुरे साहित्यलाई फराकिलो बनाउने क्षमताकविन्यौपानेमा रहेको बताए । उनले लेखनलाई अझै परिस्कृत गर्दै साहित्यको यात्रामालाग्नआग्रह गरे । साहित्यकार आरसी रिजालले कविन्यौपाने साहित्य संगमले नै जन्माएको बताए । संगममै रहेर लेखन अघि बढाएकी न्यौपानेलाई कृतिको रुपमा देख्न पाउँदाखुशीभएको बताए ।
प्रकाशकतथा साहित्यकार कृष्ण अविरलले कविन्यौपानेका रचनाशसक्त रहेकाले नै प्रकाशन गरेको बताए । उनले मञ्जरी पब्लिकेशले प्रकाशित गरेकाअब्बल कृतिमाफूलको विद्रोह पनि पर्ने जनाए । उनले कृतिको छिट्टै दोस्रो संस्करण प्रकाशितहुने जानकारी दिए ।
यसैगरी कृतिकार अनितान्यौपानेले सबैको सहयोगले लेखनमा प्रेरणा मिलेको बताइन् । उनले साहित्यमा लाग्दादेखि कृति प्रकाशित भएपछि सम्म सहयोग गर्ने सबैलाई धन्यवाददिइन् । सबैको सहयोग र प्रेरणाले लेखनको यात्रामा अझदरिलो रुपमालाग्ने आँट आएको बताइन् ।
साहित्य संगमका अध्यक्ष निखिलको अध्यक्षतमाभएको कार्यक्रममा तिर्थदेवीशिलवाल, पत्रकार महासंघप्रदेश ३ का अध्यक्षप्रताप विष्ट, आच्ल साहित्यकला पुञ्जकीअध्यक्षअप्सरा तिम्सिना लगायतले मन्तव्यव्यक्त गरेका थिए ।
कार्यक्रममापूर्व सभासदप्रल्हाद लामिछाने, नेपालीकांग्रेसका नेताभीमसेन महत, नेकपाका नेताकमानसिंह पाख्रिन, विभिन्न साहित्यिक संस्थाकाप्रमुख, साहित्यकातथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
‘फूलको विद्रोह’लिएर आइन् न्यौपाने
राजधानी संवाददाता
हेटौंडा
मकवानपुरे कविअनितान्यौपानेले कविता संग्रहफूलको विद्रोह लिएर पाठक माझआएकी छिन् । उनको कविता संग्रहशनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजितकार्यक्रममाविमोचनगरिएको हो ।
कविताकृतिको वरिष्ठ साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) सहित साहित्यकार लक्ष्मण गाम्नागे, निमेष निखिल, ज्ञानु अधिकारी संयुक्त रुपमाविमोचन गरेकाथिए ।
एक दशकभन्दालामो समयदेखि मकवानपुरमा रहेर साहित्यसिर्जनामाक्रियाशिलन्यौपानेको फूलको विद्रोह पहिलो कृतिहो । एकसय २१ पृष्ठ रहेको संग्रहमा ४५ वटा कविता रहेका छन् ।
साहित्य सङ्गममकवानपुर र आँचल साहित्यकला पुञ्जको उपाध्यक्ष रहेकीन्यौपानको कविता संग्रहमञ्जरी पब्लिकेशनले प्रकाशित गरेको हो ।
मञ्जरी पब्लिकेशनकाअध्यक्षगाम्नागेको अध्यक्षतामाभएको कार्यक्रममा साहित्यकार श्यामलले साहित्यले समाजबोल्नुपर्ने बताए । उनले साहित्यले समाजलाई सहीमार्गमा हिँडाउनका लागि खबरदारी गर्नुपर्ने उल्लेख गरे ।
कविताकृतिफूलको विद्रोहमाथि साहित्यकार निमेष निखिल र ज्ञानु अधिकारीले समिक्षा गरेकाथिए । कृतिले देश, समाजमाभएका हरेक पक्षलाई काव्यिक रुपमाव्यक्तगर्न सफल रहेको अधिकारीले बताइने । उनले अधिकांशकविताले विशेषगरी नारी चेत बढी पाइएको बताए । यसै समिक्षकनिखिलले कृति पठनिय र शसक्त रहेको बताए ।
उनले समाजकायावत कुरालाई सचेततापूर्वक कवितामार्फत कविले व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उल्लेख गरे । कविन्यौपानले यसपछि निबन्ध र उपन्यासको तयारी भइरहेको बताइन् । निबन्ध सङ्ग्रहअन्तिमतयारीमा रहेको र उपन्यास लेखनकै क्रममा रहेको उनले बताइन् ।