अल्जेरियाका राष्ट्रपति अब्दुलले दिए राजीनामा
गुगलपाटी संवाददाता एजेन्सी२० चैत्र २०७५ ०६:४९
अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् ।आफूविरुद्ध लगातार प्रदर्शन चर्कदै गएपछि अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् । उनीविरुद्ध कयौं सातादेखि अल्जेरियामा प्रदर्शन भइरहेको थियो ।
अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै उनको पदबाट राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेका थिए ।
२० वर्ष लामो समय सत्तामा रहे का अब्दुलअजिजले भने आगामी अप्रिलमा हुने चुनावमा नलड्ने र त्यस लगतै पद छोड्ने बताएका थिए । तर, प्रदर्शनकारी नियन्त्रणभन्दा बाहिर गएपछि उनले मंगलबार नै राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।