हाम्रो काम मानिसको स्वस्थ्यसँग जोडिएको छ : चौलागाँई
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडामै पहिलोपटक डाइमण्ड आर.ओ ईन्टरप्राइजेजले हावा प्यरिफाई मेसिन बजारमा ल्याएको छ । इन्टरप्राइजेजले हावा प्यूरिफाइमात्र होइन पानी प्यूरिफाइ, पानी चिसोतातो गर्ने मेसिन पनि बजारमा ल्याएको छ । बढ्दो शहरीकरण सँगै हावा, पानी दुषित हुने क्रम पनि बढ्दो छ ।
यिनै कुरालाई मध्यनजर गर्दै मानिसहरुले स्वच्छ हावा र शुद्ध पानी उपभोग गर्न सकुन् भन्ने हाम्रो उदेश्य हो डाइमण्ड आर.ओ इन्टरप्राइजेजका सञ्चालक मनोज चौलागाँई भन्छन् । यिनै मेशिनको उपयोगिताको विषयमा गुगलपाटीका जी न्यौपानेले चौलागाँई सँग गरेको कुराकानीको सम्पादित केहि अंशहरु:
१. अरु देशको तुलनामा हाम्रो देशको हावापानी अत्यन्तै राम्रो र शुद्ध छ के हामीलाई हावा शुद्धिकरण र पानी शुद्धिकरण मेशिनको आवश्यक्ता पर्छ र ?
. बढ्दो शहरीकरण र अत्याधिक कलकारखानाको धुलोधुवा सिधै वायुमण्डलमा प्रवेश गर्दछ र केमिकल मिशिएका पानीहरु हाम्रा पानीका मुहानहरुमा मिशिन्छन् । बस्तिका ढलहरु पनि पानीका मुहानहरुमा मिसिने गरेको समाचार सुन्दै, पढ्दै आइरहेका छौँ अनि पानी सफा छ कि छैन, हावा सफा छ कि छैन भन्ने कुरा यसै प्रमाणित भइहाल्छ नी ।
२. पानीको शुद्धतारअशुद्धता पत्ता लगाउने मेशिन छ त तपाइहरुसँग ?
.हामीसँग पानीको शुद्धतारअशुद्धता पत्ता लगाउने टीडीएस मेसिन छ र हामीसँग अनुभवी टेक्निशियन पनि छन् पानीको शुद्धतार अशुद्धता हेर्नलाई ।
३. कति टीडीएस सम्मको पानी पिउन लायक हुन्छ ?
. अनुसन्धान कर्ताका अनुसार सफा पानी पिउनाले मात्र हाम्रो शरिरमा लाग्न सक्ने ५० प्रतिशत रोग निको हुन्छ । हाम्रो शरिरलाई ८० देखि २५० टीडीएस सम्मको पानी उपयुक्त हुन्छ अर्थात यो पिउन लायक पानी हो । तर लिभरको समस्या भएका मानिसहरुले ८० देखि १०० टीडीएस सम्मको पानी पिउनु पर्छ । जति टीडीएस घट्यो त्यति पानी शुद्ध हुने हो ।
४. पानीमा देखा पर्ने समस्याहरु के के हुन् ?
. हाम्रो आँखाले देख्न नसक्ने किटाणुहरु, मुलको पानीमा चुना, नाइट्रेड, बोरिङ् ट्युवेलको पानीमा बालुवा, ससाना सिसाको कण, खिया देखा पर्ने हुन्छ । सामान्य मेशिनले यस्ता चिजहरु पानीबाछ हटाउन सक्दैन जुन पानी पिउँदा हड्डी कमजोर हुने, पखाला लाग्ने तथा विभिन्न खाले पेटका समस्याहरु देखापर्ने हुन्छ । हाम्रो शरिरमा ७० प्रतिशत पानीको भाग रहेको हुन्छ त्यसैले पानी पिउनु अति आवश्यक छ ।
५. छिमेकी देश भारतमा ३०० टीडीएस सम्मको पानी शुद्ध र पिउन लायक हुन्छ भनेको सुनिन्छ नी ?
. हो भारतमा १२०० टीडीएस सम्मको पानीलाई शुद्धिकरण गरेर ३००र२५० सम्मको टीडीएस मा झार्ने गरिन्छ त्यो उनिहरुको बाध्यता हो धेरै जनसंख्या र बढ्दो शहरीकरणले गर्दा हो । त्यसो भन्दैमा हामीले सम्झौता गर्नैपर्छ भन्ने कुरा छ त ? जति टीडीएस घट्यो त्यति शुद्ध हुनेत होनि त्यसमा के घाटा लाग्यो त १ हामीलाई रोग लाग्यो भनेर लाखौ रुपियाँको औषधीमा खर्च गरेर सावधानी अपनाउनु राम्रो नी होइन र ?
६. वाटर प्यूरिफायरमा पानी हालेपछि शुद्ध हुने प्रक्रृया के हो त ?
. यसको समाधान रिर्भस ओमोसिस रो द्वारा गरिन्छ । यसले पानीमा भएका अखाध्य वस्तु तथा व्यक्टेरिया तथा घुलनशिल पदार्थ ०.०००१ माइक्रोको जाली रो मेम्ब्रेन ले पानीलाई छानेर शुद्ध पार्ने काम गर्दछ ।
७. एकदमै शुद्ध पानी भनेर कति टीडीएस सम्मको पानीलाई मान्ने ?
. २० देखि ८० आईएसओ सम्मको पानी एकदमै शुद्ध हो ।
८. तपाईहरुको हावा, पानी प्युरिफाइ मेशिन आइएसओ मान्यता प्राप्त मेशिन हो ?
. हो हामीसँग आइएसओ मान्यता प्राप्त नेम्सस् कम्पनी, एप्पल, जी सिपरज कम्पनी का वाटर एयर प्यूरिफायर र वाटर हट एन कुल मेशिन छन् ।
९. कति कति रकम पर्ने मेशिन छन् तपाईहरुसँग ? मेशिन बिग्रेमा मर्मतका लागि के कस्तो सुविद्या छन् र किस्ता बन्दि कार्यक्रम छ कि छैन छोटकरीमा बताईदिनुस न ?
. हामीसँग १८ देखि ३५ हजार सम्म पर्ने मेशिनहरु छन् । हामीले यसको फिटिङ र मर्मतको लागि दक्ष तथा अनुभवि टेक्निसियन पनि राखेका छौं । कुनै पार्टपुर्जा चाहिएमा पनि समस्या छैन र किस्ताबन्दि कार्यक्रम पनि छ हामीसँग त्यसैले ढुक्क हुन सबैलाई अनुरोध गर्दछु ।
…..
.