खानेपानी ट्याङ्कीको भिमफेदीमा शिलन्यास
गुगलपाटी संवाददाता हेटौंडाभीमफेदी गाँउपालिकामा खानेपानी ट्याङ्कीको शिलन्यास गरिएको छ । भीमफेदी गाउँपालिका र केयर नेपाल सामुदायिक विकास संस्थाको संयुक्त पहलमा ट्याङ्की निर्माण गर्न लागिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
ट्याङ्कीको शिलान्यास अध्यक्ष लामाले गरेका हुन् । ट्याङ्कीको लागत १ करोड २८ लाख रहने छ भने ट्याङ्कीको क्षमता १ लाख ५० हजार लिटर रहेको छ ।
भीमफेदी गाउँपालिका वडा नम्बर –६ साबिक भीमफेदी बजार क्षेत्रको ३५० घर धुरी र ९०० भन्दा बढी कैदीबन्दि रहेको क्षेत्रीय कारागारमा ब्यबस्थित खानेपानी लागि बृहत खानेपानी परियोजना अनुसार काम अघि बढाईएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।
अध्यक्ष लामाले जनश्रमदान गरेर महत्वपूर्ण योगदान दिएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।