वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परिन थापा
गुगलपाटी संवाददाता काठमांडौवर्किङ भन्दै भिजिट भिसामा मानिसलाई झुक्याएर वैदेशिक रोजगारीका लागि पठाएको आरोपमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालका अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको खुलेपछि उनलाई पक्राउ गरिएको हो । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ छ ।