आजका पत्रपत्रिकाः मकवानपुरमा स्वास्थ्य बिमा उत्साहजनक

गुगलपाटी संवाददाता
२१ चैत्र २०७५ ०२:११

 ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न विषयालाई प्राथमिकताका साथ समाचार बनाएर छापेका छन् ।

हिजो मकवानपुरमा ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइएको, गरिबी हटाउन सहकारीको भूमिका महत्वपूर्ण हुने प्रदेश ३ का सहकारी मन्त्रीको भनाइ, हेटौंडा उपमहानगरको आम्दानी १० करोड नाघ्ने, मारिएका कुखुराको मूल्य माग, निजी आवास पुननिर्माणमा ५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको, विप्लवका कार्यकर्तामाथि झुठा मुद्दा लगाइएको आफन्तको आरोपलगायतका समाचार आजका दैनिक पत्रिकाले पलिो पृष्ठमा नै छापेका छन् ।

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरेका उत्साहजनक सहभागिता रहेको पाइएको समाचार आजको हेटौंडा सन्देश दैनिकले लेखेको छ । हालसम्म मकवानपुरमा ७७ हजार २ सय ८७ नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पु¥याउन २०७३ असार १५ देखि स्वास्थ्य बिमा लागू भएको हो । पाँच जनाको परिवारले २५ सय रुपयाँ तिरेपछि परिवारले ५० हजार सम्मको स्वास्थ्य उपचार सेवा पाउने गरेका छन् ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ