गोरखाको डाँडामा पुगेर माओवादी नेता श्रेष्ठले यसो भने

गुगलपाटी संवाददाता गोरखा
६ बैशाख २०७५ ०७:२५

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैशाख ९ गते नै पार्टी एकता घोषणा हुने संभवना नरहेको बताएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिकाले अजिरकोटमा नै आयोजना गरेको नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टी एकता कुनैपनि हातमा हुने बताए । यद्यपी पार्टी एकताका लागि देखिएको केही समस्या केही दिनमा नै हल हुने बताए । एमाले र माओवादीबीच पार्टी एकता हुनु जनताको माग भएको बताए ।
कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका नेता नारायण अधिकारीले सबै कम्यूनिष्टहरु एक ठाउमा गोलबन्द हुनुपर्नेमा जोड दिए । उनले शहिद तथा बेपत्ता तथा घाइतेहरुको योगदानको कदर हुनुपर्ने बताए । कार्यक्रममा माओवादी अजिरकोटका नेता दीपक देवकोटा लगायतको उपस्थिति रहेको थियो ।