ओली सरकारको हस्तक्षेपकारी नीतिलाई परास्त गर्नैपर्छ ; देउवा

गुगलपाटी संवाददाता विराटनगर
२१ चैत्र २०७५ ११:०४

नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले मिडियाको अधिकारमा पनि कटौती गर्न खोजेको आरोप लगाएका छन्।

उनले ’ ‘लुट्न सके लुट्’ भनेजस्तै गरी सरकारले लुटिरहेको र हरेक क्षेत्रमा ठाडो हस्तक्षेप गरिरहेको बताएका छन् ।

उनले सञ्चारको स्वतन्त्रता सबैभन्दा ठूलो अधिकार भएको र ओली सरकारले यो स्वतन्त्रतामाथि पनि अङ्कुश लगाउने प्रयास गरेको टिप्पणी गरे।

काङ्ग्रेस समर्थक नेपाल ट्रेड युनियन वर्कर्स युनियनको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले वर्तमान सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको बताएका हुन्।

सभापति देउवाले सरकारको निरङ्कुश र हस्तक्षेपकारी नीति र शैलीका विरूद्ध अब आन्दोलन हुन सक्ने चेतावनी दिएका छन् ।

‘तपाईंहरू तयार रहनु होला,’ उनको आग्रह थियो, ‘कुनै पनि बेला हामी आन्दोलनमा जानुपर्ने हुनसक्छ लड्ने दिन आउनसक्छ।