आजका पत्रपत्रिकाः सूचनाको हकलाई बेवास्ता गर्दै प्रदेश मन्त्रालय

गुगलपाटी संवाददाता
२२ चैत्र २०७५ ०२:०५

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर प्रकाशित गरेका छन् ।

एकीकृत बस्तीलाई जग्गा भेटिएन, लागूऔषधसहित ३ जना पक्राउ, प्रकोपपीडितलाई ५ दिनपछि सरकारी सामाग्री, प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्मन्त्रीको बैठकलगायतका समाचार आजका पत्रिकाले पहिलो पृष्ठमा नै प्रकाशित गरेका छन् ।

३ नम्बर प्रदेशका मन्त्रालयहरुले सूचनाको हको बेवास्ता गरेको पाइएको छ । प्रदेशका ५ मन्त्रालयले सूचनाको हककको बेवास्ता गरेको समाचार आजको हेटौंडा सन्देशमा प्रकाशित छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाको हक र सुशासनमा लेखिएअुसार प्रादेशिक निर्वाच्न भएर सरकार गठन भएपछि आयोगले सबै मन्त्रालयलाई सूचना अधिकार तोक्न भनेको छ । ३/३ महिनामा सूचना सार्वजनिक गर्न र सूचनाको छुट्टै अभिलेख राख्न आदेश जारी गरिए पनि त्यसको पालना भएको छैन ।

सूचना अधिकारी तोकिएको समयमा सूचना जारी भएको छैन । पारदर्शीतामा कमजोर बनेको छ सरकार । सामाजिक विकास मन्त्रालयले भने आफूखुसी २/२ महिनामा पत्रकार सम्मेलनमार्फत सूचना सार्वजनिक गर्दै आएको छ ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ