राष्ट्रिय अनुसन्धान विभागमा ५२ जनालाई जागिरको अवसर

गुगलपाटी संवाददाता काठमांडौ
२२ चैत्र २०७५ ०६:४८

राष्ट्रिय अनुसन्धान विभागले अधिकृत र सहायक स्तरमा गरेर ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

विभागले ३० जना अधिकृत स्तरका र २२ जना सहायक स्तरका कर्मचारीको लागि आजदेखि विज्ञापन खुला गरेको छ। विभागले आजको मितिदेखि ३० दिनसम्म आवेदन खुल्ला गर्नेछ।

अधिकृतस्तरका लागि न्यूनतम स्नातक गरेको हुनु पर्नेछ भने सहायकको लागि प्लस टु पास गरेको हुनु पर्नेछ।

आवेदनका लागि पुरुषको हकमा २०७५ वैशाख एक गते १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनु पर्नेछ।

अधिकृत पदका लागि दरखास्त आवदेन एक हजार रुपैयाँ बुझाउनु पर्नेछ भने सहायकको लागि ४०० रुपैयाँ बुझाउनु पर्नेछ। समावेशी पदका लागि पनि आवदेन दिनु परेमा थप ३०० रुपैयाँ थप भुक्तानी गर्नु पर्नेछ।

आवेदनका लागि केन्द्रीय तथा प्रदेश स्तरीय कार्यालयबाट फारम दिइने विभागले जनाएको छ। स्रोतः पहिलोपोष्ट