प्रहरी मार्फत फूर्केचौरमा छडके जाँच, २७ सवारी साधन पक्राउ
गुगलपाटी संवाददाता हेटौंडाप्रहरी मार्फत विभिन्न क्षेत्रहरुमा छडके जाँच गर्दै आएका छन् त्यस्तै पुर्वी मकवानपुरको हेटौँडा उपमहानगरपालिका तथा बकैया गाउँपालिकाको सिमा क्षेत्रमा रहेको फुर्केचौर जंगलको स्वाली बजारमा आज जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पनि छडके सवारी जाँच गरेको छ ।
प्रहरीले आकस्मीक ढंगबाट गरेको जाँचको क्रममा २७ वटा सबारी कारबाहीमा परेका छन् ।
सवारी साधनको चालक अनुमती पत्र नभएको, आवश्यक कागजात नभएको पाईएकोले ति सबारीसाधालाई कारबाही गरिएको हो ।
पुर्वी मकवानपुरको बकैया, बागमतीमा जाँदै तथा उक्त स्थानबाट हेटौँडा आउँदै गरेको सवारीहरु कारबाहीमा परेको हो ।