हामी सहरलाई व्यवस्थित बनाउन लागिपरेका छौँ : मेयर महत
गुगलपाटी संवाददाता हेटौंडाहेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्थित हेटौँडा बजारको निकै ब्यस्थ सडकको रुपमा रहेको पारिजातपथमा वर्षातको समयमा या एकझर पानी पर्दा समेत पानी जमेर आवतजावतमा समेत निकै समस्या हुने गरेपछि पुन निर्माण कार्य अघि बढाइएको छ ।
आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक निर्माणको शुरुवात गरेका हुन् । उनले सहरलाई अत्यन्त ब्यवस्थित बनाउन आफुहरु लागेको बताएका छन् ।
भुटनदेवी स्कुल मोडबाट कवडहल सम्मको १ सय ७० मिटर सडकलाई आजबाट स्ल्याब ढलान कार्य सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा नंबर ४ का वडा अध्यक्ष नविन सिग्देलले आफुहरुले जनतासँग गरेको बाचा पुरा गर्दै आएको र त्यो क्रम जारी रहेको समेत बताए ।