आजका पत्रपत्रिकाः निकासाभन्दा बढी इन्धन सुविधा
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर प्रकाशित गरेका छन् ।
कर्मचारी अभाव र टुक्रे योजनाको कारण पिरलो, नेकपाको नेपाल समूहको समानान्तर सूचीमा मकवानपुरका नेता बद्री लम्साल, घोषणापत्रअनुसार काम गर्न मुख्यमन्त्री पौडेलको आग्रह, मुस्लिम युनिभर्सिटी स्थापना गर्ने आयोगको अध्यक्षको भनाइ, समान कामको समान ज्याला लागू गर्ने निर्णय, निर्वाचनको विषयमा ज्ञानदीप सहकारीमा विाद, राहत बाँड्न बारा पुगे बानियाँलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा नै छापेका छन् ।
३ नम्बर प्रदेशको मन्त्रालय र कार्यालयले निकासाभन्दा बढी इन्धन सुविधा लिने गरेको छानबिनबाट पुष्टी भएको समाचार आजको साझाकुरा दैनिकमा प्रकाशित छ । इन्धनसम्बन्धी छानविन गर्न गठित समितिले कात्तिक महिनासम्मको इन्धन सुविधाबारेको छानविन प्रतिवेदन बुझाएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगले निकासा गरेको भन्दा बढी इन्धन खर्च गरेको बताइएको छ । निकासा गरेको भन्दा झण्डै दोब्बर बढी इन्धन खर्च गरेको बताइएको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ