आजका पत्रपत्रिकाः विद्यार्थी देखे भाग्छन् टेम्पो/म्याजिक
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।
लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगिताको उपाधि पदमपोखरीलाई, बकैयामा करेन्ट लागेर एकजनाको मृत्यु, थाहानगरको वित्तीय तथा भौतिक प्रगति ५० प्रतिशत बढी, प्रदेश नम्बर ३ का ३ सय ६८ वडामा छैनन् स्वास्थ्य संस्था, पुननिर्माणमा ७ अर्ब ४३ करोड, राप्रपा मकवानपुरको अधिवेशन जेठमालगायतका समाचार आजका पत्रपत्रिकाले पहिलो पृष्ठमा छापेका छन् ।
त्यसैगरी विद्यार्थी देख्नेबित्तिकै हेटौंडा आसपासमा चल्ने टेम्पो तथा म्याजिकहरु भाग्ने गरेको समाचार आजको हेटौंडा सन्देशमा छापिएको छ । चैत १ गतेभन्दा अघि विद्यार्थीलाई पर्खीपर्खी चढाउने गरेका म्याजिक तथा टेम्पोहरु हिजो आज विद्यार्थी देख्नेवित्तिकै भाग्ने गर्छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा विभिन्न कलेज तथा स्कुलमा पढ्ने विद्यार्थीलाई ४५ प्रतिशत छुट गर्न बाध्य पारिएपछि चालकहरुले विद्यार्थीलाई चढाउन नचाहेका हुन् । विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनुपर्ने भन्दै केही म्याजिक तथा टेम्पो चालकले बिहानीमा सवारी चलाउनै नमान्ने, विद्यार्थी देखेपछि नरोक्ने समस्या भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ