आज पनि देशका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना

गुगलपाटी संवाददाता काठमाडौं
२४ चैत्र २०७५ ०७:१६

आज देशका पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएको छ ।
मौसम प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरुले बताएका छन् ।

अहिले प्रि-मनसुन सिजन अलि बढी सक्रिय देखिएको कारणले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ ।

तर, आइतबारदेखि पश्चिम क्षेत्रबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद वरुण पौडेलले बताए ।

मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ ।

यस्तो छ मौसम विज्ञान विभागले पूर्वानुमान गरेको तीन दिनको मौसमी विवरण