महास्थविरलाई सरकारले विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने

गुगलपाटी संवाददाता काठमाडौं
२४ चैत्र २०७५ ०७:३०

शुक्रबार निधन भएका भिक्षु अश्वघोष महास्थविरलाई सरकारले विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय गरेको हो ।

२०५९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद रहेका उनी राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिको रुपमा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।