विप्लव समुहको काम र गतिविधिमाथि सरकारको प्रतिबन्ध

गुगलपाटी संवाददाता
२४ चैत्र २०७५ ०९:०३

गृहमन्त्री रामबहादुर थापाले विप्लव समूह शान्ति सुरक्षाका र विकास निर्माणका लागि बाधक भएकाले यस समुहको काम र गतिविधिमाथि संविधान र कानुन अनुसार नै प्रतिबन्ध लगाएको बताएका छन्।उनले उनीहरूलाई मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको बताएका छन् ।

आइतबार गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरा आएका उनले देशको  शान्ति सुरक्षाका लागि संविधान विरोधी गतिविधिलाई समाधान गर्न नै सरकार लागि परेको बताए ।

गृहमन्त्री थापाले पृथकतावादीलाई वार्ताकै माध्यमबाट सरकारले मूलधारको राजनीतिमा ल्याएको बताए।

उनले यस वर्ष मौसमले देशका विभिन्न ठाउँमा प्रभावको कारण तराईमा आएको आँधीहुरी प्रभावितलाई व्यवस्थित गर्न सरकारले कार्यक्रम बनाइसकेको बताए।

त्यसैगरी, गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ।