नेपाली जनता दलमा पुनः हरिचरण
गुगलपाटी संवाददाताहेटौंडा/नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुनः हरिचरण शाह चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको २५ औं राष्ट्रिय महाधिवेशनले शाहको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको सदस्यहरुमा सरोजप्रसाद कलवार, रामबाबु राजक, रामविलाश सदाय, सुनितादेवी शाह, रामकुमार यादव, तेजनारायण चौधरी, हासिम दर्जी, श्यामबाबु शाह, जयकिशोर मण्डल, रामबालक शाह, झगरु महरा, हितकुमार मगर, बेचन कुुमती, मुन्जयकुमार राउत, मनोजकुमार रौनियार, पाञ्चु शाह, राजकुमार झा, जितेन्द्रप्रसाद शाह, रामप्यारे पासवान, रघु परियार, श्रवण चौधरी र जिवछी चौधरी रहेका छन् । हेटौंडाको गोरक्षश्वर धाममा भएको महाविधेशनपछि पहिलो बैठक पनि बसेको थियो । महाधिवेशनमा देशभरका ४४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष शाहले बताए ।