तरुण दल राक्सिराङ अध्यक्षमा गोङ्बा

गुगलपाटी संवाददाता
२५ चैत्र २०७५ ०२:०४

हेटौंडा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सुरज गोङ्बा चयन भएका छन् ।

आइतबार राक्सिराङको सरिखेतमा भएको भेलाले गोङ्बाको अध्यक्षतामा ७ सदस्यीय गाउँपालिका समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पदमबहादुर बल, सचिव एकराज प्रजा, सह–सचिवमा महेश लामा र कोषाध्यक्षमा निजन घलान चयन भएका छन् । सदस्यहरुमा सुजन मोक्तान र श्यामकुमार रुम्बा रहेका छन् । बाँकी सदस्यहरु पछि थप गर्ने जनाईएको छ ।

नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी जिल्ला प्रवक्ता प्रदिप कोइराला, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य राजकुमार मल्ल, रामकृष्ण प्रजा, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकलगायतको आतिथ्यता रहेको थियो ।